काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् ।
असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २ः१५ बजेको उडानबाट उनी ब्राजिल प्रस्थान गरेको सचिवालयले जनाएको छ ।
प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य पनि हुन् । प्रमुख शाहलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वकीय सचिव भूपदेव शाह, सचिवालय सदस्य धिरज जोशी र नविन भण्डारीले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ असार २०८१, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन्द्र सरकार : जनमतको उभार कि तजबिजी सत्ताको विस्तार ?
ट्रम्पका विशेष दूत सर्जियो गोरले भेट्न पाउँलान् त प्रधानमन्त्री बालेन्द्र शाह ?
बालेन सरकारको एक महिना पूरा १०० कार्यसूची : कागजमा महत्वाकांक्षा, कार्यान्वयनमा मिश्रित संकेत
राष्ट्रपति पौडेलले गरे बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त
बालेन्द्र शाहको पीएसओमा डीएसपी बस्याल नियुक्त
मुलुकले आज नयाँ प्रधानमन्त्री पाउदै, शुभ साइत्मा सपथ लिदै बालेन्द्र शाह