काठमाडौँ । आन्दोलनमा उत्रिएका पेट्रोलियम ट्यांकर चालकसँग सरकारले छलफल सुरु गरेको छ । आज बिहान साढे ९ बजेलाई बोलाइएको बैठक केहि समय ढिला गरी सुरु भएको छ ।
हिजो आइतबारदेखि आन्दोलनमा उत्रिएका चालकसँग आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता सुरु भएको हो । पेट्रोलियम ट्यांकर चालक संघको नेतृत्वमा भएको आन्दोलनका कारण काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थ (डिजेल–पेट्रोल) को ढुवानी ठप्प छ ।
यस्ता छन् पेट्रोलियम ट्यांकर चालकका माग
सम्पूर्ण ट्यांकर चालकरसहचालक मजदुरको श्रम ऐनअनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके बमोजिमको तलबको व्यवस्था गरिनुपर्ने
स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गरिनुपर्ने
टेम्प्रेचरको सही व्यवस्थापन गरिनुपर्ने
सामाजिक सुरक्षा कोषमा आबद्धताको व्यवस्था गरिनुपर्ने
चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सतर्कता सम्बन्धित तालिमको व्यवस्थापन गरिनुपर्ने
५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने
चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्थापन गरिनुपर्ने
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ असार २०८१, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको नीति तथा कार्यक्रम दिशाहीन रहेको एमालेको टिप्पणी
पुँजी बजार विस्तारका लागि पेन्सन कोष र गैरआवासीय नेपालीको सहभागिता बढाइने
समस्याग्रस्त सहकारीको कर्जा अशुली गरी बचतकर्ताको रकम फिर्ताको घोषणा
जनसुझावबाटै नीति-कार्यक्रम र बजेट तर्जुमा गर्ने सरकारको तयारी
कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश सिफारिस गरिएको सरकारको प्रष्टीकरण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट