काठमाडौँ । डेंगु रोगको सङ्क्रमण ७२ जिल्लामा फैलिएको छ । गत साता ७१ जिल्लामा फैलिएको डेंगी हाल ७२ जिल्लामा फैलिएको हो । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७१ जिल्लाका १ हजार १ सय ७५ जना सङ्क्रमित भएका छन् ।
ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन १५ गतेसम्म १ हजार १ सय ७५ जनामा डेंगु पुष्टि भएको छ ।
मनसुन सुरु भएसँगै डेंगु सङ्क्रमण बढ्ने महाशाखाको भनाइ छ । मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जनाएको छ । नेपालमा बाह्रैमास डेंगु सङ्क्रमण देखिएको सरकारी तथ्याङ्क छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ असार २०८१, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा २ जनाको मृत्यु
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
जलवायु परिवर्तनको असर : बाह्रै महिना डेंगुको संक्रमण देखिँदै
७३ जिल्लाबाट एक हजार पाँच सय भन्दा बढीमा डेंगु पुष्टि
चितवनमा डेंगु सङ्क्रमण घट्दो क्रममा
गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु