काठमाडौं । सिन्धुलीमा एक जना पुरुषको लडेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार जडीबुटी खोज्न जंगल गएका मरिण गाउँपालिका-२ कटनडाँडाका ५८ वर्षीय टेकबहादुर दंगालीको लडेर मृत्यु भएको हो ।
दंगाली जेठ ३२ गते दिउँसो १ बजे जंगल गएका थिए । तर, राति अबेरसम्म नफर्किएपछि खोज्ने क्रममा शनिबार मुंग्रशिर भीरको खोंचमा उनी मृत फेला परेका हुन् ।
उनको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ असार २०८१, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नदीमा जिप खस्दा तीन जनाको मृत्यु
होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु