काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सर्वोच्च अदालतको आ आफ्नै व्याख्याका कारण प्रदेश सरकार धरापमा परेको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदसमेत रहेका महामन्त्री थापाले केही महिनादेखि प्रदेशका मुख्यमन्त्रीहरु प्रदेशमा नभएर सर्वोच्च अदालतमा भेटिन् थालेको बताएका छन् । उनले संविधान संशोधनका लागि कांग्रेसले सत्तारुढ दल नेकपा एमालेसँग सघन छलफल गर्ने पनि प्रतिवद्धता जनाए । थापाले संविधान संशोधन गर्न ढिला गर्न नहुनेमा आफ्नो दल प्रष्ट रहेको बताए । ‘प्रदेशको निर्वाचन प्रणाली बदल्नुपर्छ। प्रदेश अहिले अदालतले चलाएको छ। मुख्यमन्त्री अदालतमा भेटिन थालेका छन्। सबै लगेर अदालतमा बुझाएका छन्। अब कसैलाई दोष दिए हुँदैन। प्रदेशको सन्दर्भमा कतिपय कुरा संविधानमा मिलेनछन्, त्यसो भए के गरौं ? संशोधन गरौं। त्यो गर्न एमालेसँग सल्लाह गरौं,’उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असार २०८१, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार लोकप्रियतामा केन्द्रित बन्यो : गगन थापा
शिक्षाको प्रमुख चुनौती दलीयकरण रहेको गगन थापाको दाबी
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा