उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक पौडेलले पाए सफाइ

सफल खबर संवाददाता

विहीबार, ३१ जेठ २०८१, २० : ०२
उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक पौडेलले पाए सफाइ

काठमाडौँ । विशेष अदालतले उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित ८ जनालाई सफाई दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले तत्कालीन नायब महाप्रबन्धक नबल किशोर साह, तत्कालीन कामु उपनिर्देशक पवन कुमार कर्ण, प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत डेमलाल खनाल, प्रबन्धक कमलराज पौडेल र निर्देशकहरू ध्रुवबहादुर देवकोटा र महेश प्रसाद काफ्लेलाई सफाई दिएको हो ।

अध्ययनबिना आवश्यक नभएको सामग्री खरिद गरेको आरोपमा अख्तियारले उनीहरूमाथि २२ लाख ७८ हजार भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस