चितवन । भरतपुर महानगरपालिका–१८ हरिहरस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । लमजुङ घरभई भरतपुर–१७ भुषालचोकमा डेरा गरी बस्ने १९ वर्षीय दिपक परियारको नदीमा डुबेर मृत्यु भएको हो ।
बुधवार दिउँसो साढे २ बजे नदीमा डुबेपछि बेहोस भएका परियारलाई स्थानीयले उद्धार गरी उपचारको लागि भरतपुर अस्पताल पठाएका थिए । भरतपुर अस्पतालमा उपचारको क्रममा बुधवार दिउँसो ३ः१० बजेको समयमा परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ जेठ २०८१, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार
नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव
नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
छठका लागि सजाइयो नारायणी किनार
नारायणी नदीले गैडाकोटका एक सयभन्दा बढी घर डुबानमा
नारायणी नदीले सतर्कता तह पार गर्यो