चितवन । कालिका नगरपालिकाले नगर क्षेत्रका ५५ जना एकल महिलालाई आयआर्जनका लागि बाख्राको पाठी वितरण गरेको छ ।
प्रत्येक वडाका पाँच जना एकल महिलालाई पाठी वितरण गरिएको हो । नगर क्षेत्रका एकल महिलालाई उत्पादन, आयआर्जन र उद्यमशीलतामा जोड्ने उद्देश्यले बाख्राको पाठी वितरण गरिएको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले बताए ।
सीमित बजेटका कारण प्रतिव्यक्ति एउटा पाठी प्रदान गरिएको उनको भनाइ छ । उनले एकल महिलाको साथमा नगरपालिका रहेको र हरेक समस्यामा साथ दिने प्रतिबद्धता व्यक्त गरे ।
उनले पाठी बिरामी भएमा नगरपालिकाको पशु सेवा कार्यालयबाट उपचारको व्यवस्था मिलाइएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ जेठ २०८१, १० : ३८
लेखकबाट थप