काठमाडौं । काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक पुरुष घाइते भएका छन्।
बुधबार साँझ काभ्रेको चौरी देउराली नगरपालिका-८ मा बागमति प्रदेश ०२-०३० प ३२६८ नम्बरको मोटरसाइकल आफैँ दुर्घटनामा परेको हो। दुर्घटनामा परेर मोटरसाइकल चालक काभ्रेकै रोशी गाउँपालिका ९ का २५ वर्षीय सुमन कुमार लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
प्रहरीका अनुसार चौरीदेउराली-८ बिर्ता देउराली स्वास्थ्य चौकी नजिकै मोडमा भित्री बाटोहुँदै मध्ये पहाडी लोकमार्ग निस्कदैँ गरेको मोटरसाइकल तीव्र गतिको कारण आफैँ अनियन्त्रीत भई दुर्घटनामा परेको हो।
दुर्घटनामा मोटरसाइकलको पछडि सवार काभ्रेकै तेमाल गाउँपालिका-५ का ४० वर्षीय सरोज लामा घाइते भएका छन्। उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनी खतरामुक्त छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ जेठ २०८१, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते