काठमाडौं । काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक पुरुष घाइते भएका छन्।
बुधबार साँझ काभ्रेको चौरी देउराली नगरपालिका-८ मा बागमति प्रदेश ०२-०३० प ३२६८ नम्बरको मोटरसाइकल आफैँ दुर्घटनामा परेको हो। दुर्घटनामा परेर मोटरसाइकल चालक काभ्रेकै रोशी गाउँपालिका ९ का २५ वर्षीय सुमन कुमार लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
प्रहरीका अनुसार चौरीदेउराली-८ बिर्ता देउराली स्वास्थ्य चौकी नजिकै मोडमा भित्री बाटोहुँदै मध्ये पहाडी लोकमार्ग निस्कदैँ गरेको मोटरसाइकल तीव्र गतिको कारण आफैँ अनियन्त्रीत भई दुर्घटनामा परेको हो।
दुर्घटनामा मोटरसाइकलको पछडि सवार काभ्रेकै तेमाल गाउँपालिका-५ का ४० वर्षीय सरोज लामा घाइते भएका छन्। उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनी खतरामुक्त छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ जेठ २०८१, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते
बैतडीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते