नयाँ दिल्ली । चन्द्रबाबु नायडुले आन्ध्र प्रदेशको मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । बुधबार विजयवाडामा भएको उनको शपथ ग्रहण समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, यातायातमन्त्री नितिन गडकरी र रक्षामन्त्री राजनाथ सिंह सहभागी भएका थिए ।
नायडूसँगै जनसेना पार्टीका अध्यक्ष पवन कल्याणले पनि शपथ लिएका छन् । पवन उपमुख्यमन्त्री बनेका छन् । चन्द्रबाबु नायडूका छोरा नारा लोकेशसहित कुल २४ नेताले मन्त्रीको शपथ लिएका छन् ।
लोकसभा चुनावसँगै प्रदेशमा विधानसभाको निर्वाचन पनि भएको थियो । टीडीपी, जनसेना र बीजेपी सम्मिलित एनडीएको गठबन्धनले विधानसभाका १७५ सिटमध्ये १६५ सिट जितेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० जेठ २०८१, १२ : ५४
लेखकबाट थप