पुलमा फसेर मरेका खच्चडका मालिकलाई क्षतिपूर्ति दिइयोस् : सांसद राना

सफल खबर संवाददाता

बुधबार, ३० जेठ २०८१, १२ : ३६
पुलमा फसेर मरेका खच्चडका मालिकलाई क्षतिपूर्ति दिइयोस् : सांसद राना

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुडिँदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई उचित क्षतिपूर्ति दिन माग गरेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद रानाले क्षतिपूर्तिको माग गरेकी हुन् ।

पुलको लट्ठा चुडिँदाको दृश्यले सबैको मन रोएको भन्दै उनले खच्चडको मालिकलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था तुरुन्तै गर्न आग्रह गरिन् ।जेठ २७ गते पुलको लट्ठा चुडिँदा फसेका १३ वटा खच्चडमध्ये ११ वटाको जीवितै उद्धार भएको थियो भने दुइटाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस