कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
भीमदत्त नगरपालिका-१८ जानकी टोलका शंकर दत्त जोशी र सोही ठाउँ वस्ने २१ वर्षीय ईमानुयल राईलाई प्रहरीले पक्राउ गरेको हो।
लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जोशीको घरमा खानतलासी गर्दा फेनारगन ६६ पिस र ऐक्सो जेसिक ६१ पिससहित जोशी र राइलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ जेठ २०८१, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागू औषधसहित चार जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ
कैलालीमा लागू औषधसहित पाँच जना पक्राउ
भारतीय लागूऔषध कारोबारीमाथि गोली प्रहार, खैरो हेरोइन बरामद
लागूऔषधसहित युवक रौतहटमा पक्राउ