चिरख्वा खोला हाइड्रोपावरले सेयरधनीलाई लाभांश नदिने

सफल खबर संवाददाता

सोमबार, २८ जेठ २०८१, १२ : ३०
चिरख्वा खोला हाइड्रोपावरले सेयरधनीलाई लाभांश नदिने

काठमाडौँ । चिरख्वा खोला हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । २७ जेठमा बसेको कम्पनी सञ्चालक समिति बैठकले २३ असारमा पाँचौँ वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन गरेपछि आह्वान गरेको पहिलो साधारण सभा भएकाले सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने गरी दुई सञ्चालक समेत चयन गर्ने छ ।

कम्पनीको साधारण सभामा सञ्चालक समिति अध्यक्षले प्रस्तुत गर्ने २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिने छ । त्यस्तै सोही आवको वार्षिक वित्तीय विवरण समेत पारित गर्ने प्रस्ताव साधारण सभामा छ ।

कम्पनीको ठेगाना परिवर्तन तथा प्रबन्ध पत्र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव रहेको जनाइएको छ । साधारण सभाका लागि १२ असारमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) हुने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस