वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने

सफल खबर संवाददाता

आइतबार, २७ जेठ २०८१, १४ : ५९
वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने

काठमाडौँ । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा वीर अस्पतालमा एक महिना ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने भएको छ । राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झाले विज्ञप्तिमार्फत उक्त घोषणा गरेका हुन् ।

‘ब्रेन ट्युमर डे हरेक वर्ष जुन ८ का दिन मनाइन्छ । जेठ २६ देखि असार १६ गतेसम्म वीर अस्पतालमा ब्रेन ट्युमरको उपचारका लागि आउनु हुने बिरामीलाई अप्रेसन शुल्क शतप्रतिशत छुट गरिएको छ,’ डा. झाले भनेका छन् ।

शनिबार बिहान ब्रेन ट्युमरबाट प्रभावित भएका व्यक्ति, तिनका परिवार र समाजमा यसबारे जानकारी दिने उद्देश्यले प्रभातफेरीको समेत गरिएको थियो । ब्रेन ट्युमरसम्बन्धी लक्षण र यसका जोखिमहरू समयमा पहिचान गर्ने र समयमै उपचारको पहल गर्ने हो भने यस रोगबाट पर्ने असर कम गर्न सकिने डा. झाको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस