काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव सरेको छ ।
२७ औं महाधिवेशनले आजका लागि तय गरेको चुनाव असार महिनाका लागि सारिएको हो । मतदाता नामावलीमा देखिएको विवादका कारण चुनावको मिति सारिएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए ।
उनका अनुसार विवाद समाधानको प्रयास जारी भएकोले अध्यक्ष मण्डलसँगको परामर्शमा मतदानको मिति सारिएको हो । असार दोस्रो साताभित्र मतदान गर्ने उल्लेख भए पनि नयाँ मिति भने तोकिएको छैन ।
साथै, निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एशोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउन पोखरेलले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ जेठ २०८१, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार र सञ्चार संस्थाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न महासंघको अपिल
‘सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व’ : पत्रकार महासंघ
पत्रकार महासंघको अग्रगामी निर्णय :अनलाइन टिभीलाई पनि पत्रकारिताकै रुपमा स्विकार, एआई बारे मौन
जिल्ला अदालत काठमाडौँको समाचार हटाउने आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टरबाट को–को भए सर्वसम्मत ?