काठमाडौं। नापी कार्यालय चन्द्रौटा कपिलवस्तुका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस रकमसहित पक्राउ परेका छन् ।उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
जग्गा कित्ताकाट गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा आयोगको बुटवलबाट टोली खटेको थियो ।आयोगका प्रवक्ता प्रवक्ता नरहरि घिमिरेका अनुसार गुप्ताको साथबाट सेवाग्राहीबाट लिएको ३५ रुपैयाँ र स्रोत नखुलेको ५० हजार रुपैयाँ बरामद भएको थियो ।
थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ जेठ २०८१, १६ : १४
लेखकबाट थप