काठमाडौं । बालमन्दिरको जग्गा हिनामिना पक्ररणमा तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठ प्रहरीको नियन्त्रणमा रहेको छन । नक्साल स्थित बालमन्दिरको जग्गा सस्तोमा भाडामा दिएर ठगेको आरोपमा २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी लिजमा दिइएको थियो। श्रेष्ठबाहेक तत्कालीन अध्यक्ष रिता सिंह, महासचिव गणेशभक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ जेठ २०८१, १५ : १६
लेखकबाट थप