टोकियो । जापानमा जन्मदर घटेर नयाँ कीर्तिमानी न्यून बिन्दुमा ओर्लिएको छ । सरकारले युवा पुस्तालाई विवाह गर्न र परिवारको योजना बनाउन प्रोत्साहित गर्ने गरी अनेकौं उपायहरू अपनाइरहेको भएपनि जन्मदर झन् झन् घट्दै गएको छ ।
गएको वर्ष जापानमा ७ लाख २७ हजार २७७ शिशु जन्मिएको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
योसँगै प्रजनन दर अघिल्लो वर्षको १ दशमलव २६ बाट झरेर समीक्षा अवधिमा १ दशमलव २ मा आएको छ । जनसंख्या स्थिर रहन प्रजनन दर २ दशमलव १ हुनु पर्छ । योभन्दा धेरै भएमा जनसंख्या बढ्छ भने थोरै भएमा घट्न थाल्छ ।
सन् १९७३ मा विश्वव्यापी तेल संकटका कारण जापानसमेत कयौं अर्थतन्त्रहरु मन्दीमा फसे । त्यसपछि जापानमा प्रजनन दरमा सुधार आएन । आधा शताब्दीदेखि जापानमा प्रजनन दर २ दशमलव १ भन्दा तल नै रहेको छ ।
हालैका वर्षमा प्रजनन दर घट्ने क्रम झनै तीव्र बनेको छ । वर्षेनी जन्मिएका भन्दा मर्नेको संख्या धेरै रहँदा कूल जनसंख्या खुम्चिँदै गइरहेको छ । सन् २०२३ मा जापानमा १५ लाख ७० हजारको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको डेटाले देखाएको थियो ।
यो सो वर्ष जन्मिएका शिशुको भन्दा झन्डै दोब्बर थियो । दुःखको कुरा जापानमा विवाह गर्नेको संख्या घटिरहँदा सम्बन्ध विच्छेद गर्नेको संख्या भने बढ्दो छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ जेठ २०८१, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन