काठमाडौँ । प्रतिनिधि सभा बैठकले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव पारित भएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सो सम्झौता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अनुमोदनका लागि प्रस्ताव गरेका थिए । सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गर्दा बहुमतले अनुमोदन गरेको हो । जसको विपक्षमा एकमात्र नेमकिपाका सांसद प्रेम सुवाल रहेका थिए ।
संसदमा सो सम्झौता अनुमोदनका लागि प्रस्तुत गर्दै मन्त्री बस्नेतले नेपालको ऊर्जाको मुख्य स्रोत जलविद्युत भएपनि त्यसले मात्र माग धान्न नसक्ने भएकोले सौर्य ऊर्जालाई अघि बढाउन सौर्य प्रविधिले सहयोग पुग्ने बताए ।
सन् २०१५ मा फ्रान्स र भारतले संयुक्त रूपमा बनाएको यो गठबन्धनको मुख्य उद्धेश्य सौर्य ऊर्जाको उपयोगलाई बढाउनु रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ जेठ २०८१, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
प्रतिनिधि सभा बैठक आह्वानको तयारी गरिँदै
प्रतिनिधि सभा निर्वाचनको मतदान सुरु
जेनजी आन्दोलनपछिको प्रतिनिधि सभा निर्वाचन आज