रुकुम । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा घाइते भएका १८ वर्षीय किशोरको मृत्यु भएको छ।
मुसीकोट नगरपालिका –२ का १८ वर्षीय सागर परियार बुधबार दिउँसो मुसीकोट नगरपालिका–५ सेरीगाउँमा रा १ त ३७१७ नम्बरको ट्याक्टर दुर्घटनामा घाइते भएका थिए।
उनी ट्याक्टरका चालक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका परियारलाई थप उपचारको लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मुसीकोट नगरपालिका–५ का ४० वर्षीय हरिचन्द्र केसी घाइते भएका छन्। उनको नेपालगन्जमै उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ जेठ २०८१, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नदीमा जिप खस्दा तीन जनाको मृत्यु
होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु