काठमाडौं । काठमाडौंको चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आगो लगाएका छन् । गएराति चाबहिलको सरस्वतीनगर बस्दै आएका ५५ वर्षीय चन्चलबहादुर सिंहले आफूसहित श्रीमती विन्दु सिंह र तीन छोरीहरूलाई पेट्रोल छर्केर आगो लगाएका हुन् ।
आगोबाट जलेका पाँचै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए । आगोले जलेका पाँचजनामध्ये २४ वर्षीया छोरी सुप्रिया र १६ वर्षीया सम्वृद्धि गम्भीर घाइते छन् । आगो लगाउने चन्चलबहादुर, आठ वर्षीया छोरी सुवानी र श्रीमती विन्दुको अवस्था भने सामान्य छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ जेठ २०८१, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो
बालाजुमा एक महिलाले लगाइन् आफ्नै शरीरमा पट्रोल छर्केर आगो
धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा आगो लाग्यो