काठमाडौं । काठमाडौंको चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आगो लगाएका छन् । गएराति चाबहिलको सरस्वतीनगर बस्दै आएका ५५ वर्षीय चन्चलबहादुर सिंहले आफूसहित श्रीमती विन्दु सिंह र तीन छोरीहरूलाई पेट्रोल छर्केर आगो लगाएका हुन् ।
आगोबाट जलेका पाँचै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए । आगोले जलेका पाँचजनामध्ये २४ वर्षीया छोरी सुप्रिया र १६ वर्षीया सम्वृद्धि गम्भीर घाइते छन् । आगो लगाउने चन्चलबहादुर, आठ वर्षीया छोरी सुवानी र श्रीमती विन्दुको अवस्था भने सामान्य छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ जेठ २०८१, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो
बालाजुमा एक महिलाले लगाइन् आफ्नै शरीरमा पट्रोल छर्केर आगो
धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा आगो लाग्यो
तीनकुनेको घरमा लागेको आगो नियन्त्रणमा
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
चार दिनपछि हेलिकोप्टरबाट निभाइँदै महाभारतको जंगलमा लागेको आगो