काठमाडौं । नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सरकारले घोषणा गरेको प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमले आम छोरीहरुको अपमान गरेको टिप्पणी गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै बलायरले सो टिप्पणी गरेका हुन् । उनले भने, ‘प्रधानमन्त्री छोरी कार्यक्रम आयो । प्रधानमन्त्रीको छोरी, अर्थमन्त्रीको छोरी अथवा मेरै छोरी अथवा सांसदहरूका छोरीहरू हुन् भने त मलाई केही भन्नु छैन । तर, जनताको छोरीका लागि हो भने यो विनियोजित बजेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा छोरीहरूको अपमान भएको छ । बरु त्यति नै रकम विनियोजन गर्ने हो भने त्यसलाई हटाइदिँदा जाति हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ जेठ २०८१, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन’: सांसद सुमना श्रेष्ठ
राष्ट्रिय सभामा सांसदले भने-‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’
आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग
गृहमन्त्री बाठो हुनुहुँदो रहेछ, आफू र कमाइ जाेगाउन समिति बनाउनुभएछ: सांसद कार्की
निर्वाचन प्रणाली बदल्नुपर्छ : सांसद शाही
क्षति हुनुअघि नै इजरायल र इरानबाट नेपालीको उद्धार गर्न माग