काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सरकारले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलताहरुलाई समाधान गर्ने प्रयास गरिरहेको बताएका छन ।
बुधवार काठमाडौंमा नागरिकता र नागरिकता सम्बन्धित विषयवस्तुमा छलफल तथा अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन । उनले सम्पूर्ण सरोकारवालाहरुसँग छलफल गरी छलफलबाट आएका विषयहरुलाई समावेश गर्नसके नागरिकता सम्बन्धी देखिएका तमाम समस्याहरुलाई समाधान सकिने बताए । उनले निकट भविष्यमा नै नागरिकता सम्बन्धी देखिएका समस्याहरुलाई सम्बोधन कार्यविधि निर्माण गर्नु नेपाल सरकारको दायित्व र जिम्मेवारी भएको बताए । उनले आम नागरिकले नागरिकता प्राप्त गर्ने विद्यमान कानूनी अवस्थामा देखिएका कमी कमजोरीहरु सच्याउन जरुरी रहेको बताए ।
उनले भने , ‘नेपाल सरकारले, गृह मन्त्रालयले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलताहरुलाई समाधान गर्ने कोशिस गरिरहेको परिप्रेक्ष्यमा सम्पूर्ण सरोकारवालाहरुसँग छलफल गरेर त्यो छलफलबाट आएका निचोडहरुलाई, छलफलबाट निस्किएका विषयहरुलाई समावेश गर्नसके नागरिकता सम्बन्धी देखिएका तमाम समस्याहरुलाई समाधान गर्न सकिन्छ । निकट भविष्यमा नै यसमा देखिएका समस्याहरुलाई सम्बोधन गर्नेगरी कार्यविधि निर्माण गर्नु नेपाल सरकारको दायित्व र जिम्मेवारी हो । विशेष गरी गृह मन्त्रालयको पहिलो दायित्व र जिम्मेवारी हो । यो दायित्व र जिम्मेवारीको बोध गरेर नै हामी जोडिन चाहन्छौँ । आम नागरिकले नागरिकता प्राप्त गर्ने विद्यमान कानूनी अवस्थामा देखिएका कमी कमजोरीहरु, त्यसको व्याख्या, पुनःव्याख्या र अभ्यासहरुबाट वास्तविक रुपमा के कस्तो समस्याको सामना गर्नु परिरहेको छ भन्नेकुरा मैले चासोका साथ उठाएको छु । आम नागरिकका प्रश्नहरु हिजो पनि सञ्चारकर्मी हुँदा उठाएको थिएँ ।’
उपप्रधानमन्त्री लामिछानेले कार्यान्वयन प्रणालीमा गर्नुपर्ने सुधारहरु धेरै रहेको बताए । नागरिकले नागरिकता प्राप्त गर्न पाउने अधिकारबाट वञ्चित गराउनु नहुने बताए । उनले नागरिकले प्राप्त गर्ने अधिकारमा राज्यको तर्फबाट कुनै बाधा हुनु नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ जेठ २०८१, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई गृहमन्त्रीको आग्रह
मध्यरात बालुवाटारको सडकमा सुदन गुरुङको अर्काे लफडा, आमेप्रकाश अर्याललाई गृहमन्त्री बनाएको भन्दै सुशीला कार्कीकै राजीनामा माग
द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो : गृहमन्त्री लेखक
सिपाही, हवलदारलाई तल्लो दर्जा भन्ने होइन : गृहमन्त्री
कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति गठन
कैलाली कारागार घटनाबारे छलफल गर्न गृहमन्त्रीलाई संसदीय समितिले बोलायो