जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज (बुधबार) प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलले समर्थन फिर्ता लिएपछि यादवले आज पुनः विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हाे।
डेढ वर्षअघि मुख्यमन्त्री बनेका यादवले यसअघि चारपटक विश्वासको मत लिइसकेका छन्। आज उनले पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि बुधबार दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ।
केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि सहयात्री दलले यादवको साथ छाडेपछि पुनः विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो। तर, जसपाका अध्यक्ष उपेन्द्र यादव निकट मानिने मुख्यमन्त्री यादवले आज विश्वासको मत पाउने सम्भावना निकै कमजोर देखिएको छ।
कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ जेठ २०८१, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशलाई देखिने, सुनिने र अनुभव गरिने बनाउँछु : मुख्यमन्त्री कार्की
मधेस सबै समुदायको साझा घर हो, विभाजनले समाजलाई कमजोर बनाउँछ : मुख्यमन्त्री यादव
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय