काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अर्थमन्त्री वर्षमान पुनसँग बजेट क्यालेन्डर माग गरेका छन् ।
क्यालेन्डर नै बनाएर बजेट कार्यान्वयनमा जान नसके प्रतिफल दिन नसक्ने उनको भनाइ छ । सोमबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि बोल्दै उनले यस्तो बताएका हुन् ।
‘बजेट क्यालेन्डर एउटा निर्माण गरेर काम नगर्ने हो भने असारे विकास भनेर हामी जे चर्चा गरिरहेका छौं। त्यसको पुनरावृति हुने खतरा उत्तिकै छ’ सांसद सापकोटाले भने ।काम गर्नेलाई पुरस्कृत र नाक नगर्नेलाई दण्डित गर्ने गरी बजेट क्यालेन्डर बन्नुपर्ने उनको सुझाव छ ।
सांसद सापकोटा थप्छन्, ‘ठेक्का लगाउने कार्यालय, बजेट म्यानेर उहाँहरु सबैले राम्रोसँग अनुगमन र जवाफदेही भएर काम गरे पनि तलब पाक्ने, हुने नहुने जस्तो पनि छ । काम गरे पुरस्किृत हुने काम नगरे दण्डित हुने गरी हामीले बजेट क्यालेन्डर बनाएर जानुपर्ने आवश्यकता म देख्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ जेठ २०८१, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन