काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत जोखिम उठाएको बताएका छन् । पुन आफैँले जोखिम उठाएको र सो जोखिम समाधान गर्न पनि तत्पर रहेको पौडेलको भनाइ थियो ।
बजेटमाथि छलफलमा भाग लिँदै पौडेलले भने, ‘बजेट महत्वाकांक्षी होइन उच्च आकांक्षा राखेको छ । अर्थमन्त्रीले चुनौती लिनुभएको छ, समाधान पनि गर्नुहोला ।’मन्त्री पुनले सहज यात्रा नरोजी अप्ठ्याराहरूका बीचमा काम गर्ने अठोट लिएको पौडेलको भनाइ छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै पौडेलले साढे तीन घण्टाको बजेटलाई छोट्याएर २ घण्टाको बनाएकोले बजेट सन्तुलित देखिएको उनले भने ।
उनले भने, ‘बाहिर मानिसहरूको चर्चा र आशंकाकै बीच १८ खर्ब ६० अर्बको बजेट ल्याउनुभएको छ । यसको लागि स्रोतको प्रबन्ध गर्ने अभिभारा सजिलो छैन । तर, पनि सीमा निर्धारण गरेको छ । बजेटका सबै लक्ष्यहरू उच्च छ ।’
‘राजस्वले चालू खर्च धान्न नसकेको र ऋण तिर्न ऋण नै लिनुपर्ने अवस्थामा उच्च आकांक्षा राखेर बजेट ल्याउनु अर्थमन्त्रीले जोखिम उठाउन खोज्नु हो’, पौडेलले भने ।‘उपभोक्ता ठगिएको बेलामा उपभोक्ता अदालत गठन गर्न खोज्नु, बजेटले कृषि क्षेत्रमा लगानीको दशकको कुरा गर्नु र सूचना प्रविधिमा पनि लगानी दशकको पहिलो वर्षको रूपमा लिनु सकारात्मक हो । तथापि दुईवटैलाइ दशकको रईपमा घोषणा गर्दा कसलाई प्राथमिकता दिने भन्ने यकिन हुनुपर्छ’, पौडेलले भने ।
पालिका स्तरको डाउनटाउन र वडास्तरको पार्क बनाउने कुरामा संघीय सरकार बोल्न नहुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट
सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै
तरुण दलको भवन बनाउन शहरी विकास मन्त्रालयको ३ करोड बजेट
भारतीय पर्यटकले साथमा ल्याउन पाउने २५ हजार भारु सीमा हट्यो, व्यवसायी उत्साहित
यस्ताे छ बजेटकाे पूर्णपाठ
बजेटमा सरकारका यी हुन प्रतिबद्धता