काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत जोखिम उठाएको बताएका छन् । पुन आफैँले जोखिम उठाएको र सो जोखिम समाधान गर्न पनि तत्पर रहेको पौडेलको भनाइ थियो ।
बजेटमाथि छलफलमा भाग लिँदै पौडेलले भने, ‘बजेट महत्वाकांक्षी होइन उच्च आकांक्षा राखेको छ । अर्थमन्त्रीले चुनौती लिनुभएको छ, समाधान पनि गर्नुहोला ।’मन्त्री पुनले सहज यात्रा नरोजी अप्ठ्याराहरूका बीचमा काम गर्ने अठोट लिएको पौडेलको भनाइ छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै पौडेलले साढे तीन घण्टाको बजेटलाई छोट्याएर २ घण्टाको बनाएकोले बजेट सन्तुलित देखिएको उनले भने ।
उनले भने, ‘बाहिर मानिसहरूको चर्चा र आशंकाकै बीच १८ खर्ब ६० अर्बको बजेट ल्याउनुभएको छ । यसको लागि स्रोतको प्रबन्ध गर्ने अभिभारा सजिलो छैन । तर, पनि सीमा निर्धारण गरेको छ । बजेटका सबै लक्ष्यहरू उच्च छ ।’
‘राजस्वले चालू खर्च धान्न नसकेको र ऋण तिर्न ऋण नै लिनुपर्ने अवस्थामा उच्च आकांक्षा राखेर बजेट ल्याउनु अर्थमन्त्रीले जोखिम उठाउन खोज्नु हो’, पौडेलले भने ।‘उपभोक्ता ठगिएको बेलामा उपभोक्ता अदालत गठन गर्न खोज्नु, बजेटले कृषि क्षेत्रमा लगानीको दशकको कुरा गर्नु र सूचना प्रविधिमा पनि लगानी दशकको पहिलो वर्षको रूपमा लिनु सकारात्मक हो । तथापि दुईवटैलाइ दशकको रईपमा घोषणा गर्दा कसलाई प्राथमिकता दिने भन्ने यकिन हुनुपर्छ’, पौडेलले भने ।
पालिका स्तरको डाउनटाउन र वडास्तरको पार्क बनाउने कुरामा संघीय सरकार बोल्न नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट चौथो पटक सम्म ‘गुपचुप’ संशोधन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
सरकारले महत्त्वाकाक्षी बजेट नै ल्याएको रास्वपाको दाबी
आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक (पूर्णपाठसहित)
बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड
छात्रवृत्तिका लागि साढे ८ अर्ब बजेट, अन्तर्राष्ट्रिय विश्वविद्यालयलाई नेपालमा क्याम्पस खोल्न प्रोत्साहन गरिने