काठमाडौं। स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका- २४ न्युरोड बस्ने भोजपुरका ५० वर्षीय भीमसेन विश्वकर्मा र २९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन् ।
प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका- ७ स्थित लुम्बिनी खाजा घर तथा गेष्ट हाउसबाट शनिबार साँझ पक्राउ गरेको हो ।
उक्त गेष्ट हाउसमा हुन्डी कारोबार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ