काठमाडौं । सत्ता साझेदार नेपाल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मधेस प्रदेशमा सरकार बनाउनेबारे आफूहरू छलफलमा रहेको बताएका छन् ।
पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले मधेस प्रदेशमा सरकार बनाउनेबारे छ्लफल चलिरहेको बताए । उनले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदा सत्ता गठबन्धनमा कुनै छलफल नतभएको बताएका छन् । ‘जसपा विभाजनका क्रममा सत्ता गठबन्धनमा कुनै छलफल थिएन’, उनले भने, ‘मैले शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि त्यही भनेको छु ।’
अध्यक्ष नेपालले पार्टी संस्थागत रुपम चलिरहेको पनि जिकिर गरेका छन् । उनले अब पार्टी महाधिवेशनउन्मुख भइसकेको पनि बताए । ‘पार्टी महाधिवेशनउन्मुख भइसकेको छ । मधेसमा सरकार बनाउनेबारे कुरानकानी भइरहेको छ । पार्टीमा के छलफल हुन्छ, हामी त्यही अनुसार अगाडि बढ्छौँ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड