काठमाडौं । सत्ता साझेदार नेपाल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मधेस प्रदेशमा सरकार बनाउनेबारे आफूहरू छलफलमा रहेको बताएका छन् ।
पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले मधेस प्रदेशमा सरकार बनाउनेबारे छ्लफल चलिरहेको बताए । उनले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदा सत्ता गठबन्धनमा कुनै छलफल नतभएको बताएका छन् । ‘जसपा विभाजनका क्रममा सत्ता गठबन्धनमा कुनै छलफल थिएन’, उनले भने, ‘मैले शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि त्यही भनेको छु ।’
अध्यक्ष नेपालले पार्टी संस्थागत रुपम चलिरहेको पनि जिकिर गरेका छन् । उनले अब पार्टी महाधिवेशनउन्मुख भइसकेको पनि बताए । ‘पार्टी महाधिवेशनउन्मुख भइसकेको छ । मधेसमा सरकार बनाउनेबारे कुरानकानी भइरहेको छ । पार्टीमा के छलफल हुन्छ, हामी त्यही अनुसार अगाडि बढ्छौँ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश