सप्तरी । सप्तरीमा आँप बोकेको ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २२ जना घाइते भएका छन्। जसमध्ये दुई जनाको अवस्था गम्भीर छ।
कञ्चनपुर राजविराज हुलाकी सडक खण्डमा पर्ने सुब्बाटोलमा शनिबार साँझ स १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डुन्डीराज न्यौपानेले जानकारी दिए।
हुलाकी सडक भएर राजविराजबाट आँप लिए कञ्चनपुरतर्फ आउँदै गरेको अवस्थामा ट्याक्टर सडकबाट झण्डै १० मिटर तल खसेर दुर्घटना भएको हो। ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको न्यौपानेले बताए।
घाइतेमध्ये १४ जनाको विराटनगरको गोल्डेन सिटी अस्पतालमा उपचार भइरहेको छ। त्यहाँ उपचाररतमध्ये दुईजनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।
घाइतेमध्ये सामान्य अवस्थाका ८ जना स्थानीय अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन्। दुई जना घाइतेको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत