सप्तरी । सप्तरीमा आँप बोकेको ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २२ जना घाइते भएका छन्। जसमध्ये दुई जनाको अवस्था गम्भीर छ।
कञ्चनपुर राजविराज हुलाकी सडक खण्डमा पर्ने सुब्बाटोलमा शनिबार साँझ स १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डुन्डीराज न्यौपानेले जानकारी दिए।
हुलाकी सडक भएर राजविराजबाट आँप लिए कञ्चनपुरतर्फ आउँदै गरेको अवस्थामा ट्याक्टर सडकबाट झण्डै १० मिटर तल खसेर दुर्घटना भएको हो। ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको न्यौपानेले बताए।
घाइतेमध्ये १४ जनाको विराटनगरको गोल्डेन सिटी अस्पतालमा उपचार भइरहेको छ। त्यहाँ उपचाररतमध्ये दुईजनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।
घाइतेमध्ये सामान्य अवस्थाका ८ जना स्थानीय अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन्। दुई जना घाइतेको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु