एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिडले १५ औँ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि उचालेको छ।
लन्डनस्थित बेम्ब्ली स्टेडियममा शनिबार राति भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २–० गोल अन्तरले हराउँदै रियलले १५ औँ पटक कीर्तिमानी उपाधि उचालेको हो।
च्याम्पियन्स लिगमा रियलपछि एसी मिलानले ७ पटक उपाधि जितेको छ। रियललाई उपाभि दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले गोल गरे। दुवै गोल खेलको दोस्रो हाफमा सम्भव भयो।
खेलको ७४ औा मिनेटमा कार्भाजालको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। ८३ औं मिनेटमा भिनिसियस जुनियरले अग्रता दोब्बर पारे।
डर्टमुण्ड १९९७ पछि पहिलो पटक च्याम्पियन बन्ने मौकाबाट चुकेको छ। पछिल्लो पटक डर्टमुण्ड २०१३ मा च्याम्पियन्स लिग फाइनल पुगेको थियो। त्यो बेला डर्टमुण्ड, बायर्न म्युनिखसँग २–१ ले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २० जेठ २०८१, ०६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एट्लेटिको माथि रियल म्याड्रिडको रोमाञ्चक जित
स्पेनिस ला लिगा : एल्चेले चुनौची दिँदा रियल म्याड्रिड बराबरीमा
एल क्लासिको : रियल म्याड्रिडको बार्सिलोनामाथि २–१ को जित
ला लिगा : रियल म्याड्रिडको सानदार जितमा एम्बाप्पेको दुई गोल
क्लब विश्वकप – पेनाल्टीको सदुपयोग नगर्दा रियल म्याड्रिड बराबरीमा रोकियो