काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनमा उम्मेदवार हुनेहरुलाई दस्तुर निर्धारण गरेको छ। पार्टीले तयार पारेको निर्वाचन निर्देशिकामा अनुसार पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको दस्तुर निर्धारण गरेको हो।
अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारलाई ७ हजार, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदका उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।
उनका अनुसार केन्द्रीय सदस्यमा उम्मेदवार हुन २ हजार तिर्नुपर्नेछ। जसपा नेपालको राष्ट्रिय महाधिवेशन जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ।जसपाले यसअघि नै महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदन पारित गरिसकेको छ। हालै अशोक राईले ७ सांसद लिएर पार्टी विभाजन गरेर हिँडेपनि उपेन्द्र यादवले तोकिएकै समयमा महाधिवेशन गर्न लागेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ जेठ २०८१, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित
राष्ट्रिय युवा भेला गर्दै जसपा नेपाल
युवाको राष्ट्रिय भेला गराउँदै जसपा नेपाल
जसपा नेपालले सरकारलाई दिएको समर्थन आज फिर्ता लिदै
जसपा नेपालको संसदीय दलको बैठक बस्दै
सामाजिक सञ्जालमा सक्रिय रहेका सदस्यहरुको लागि दुई दिवसीय प्रशिक्षण गर्दै जसपा नेपाल