काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनमा उम्मेदवार हुनेहरुलाई दस्तुर निर्धारण गरेको छ। पार्टीले तयार पारेको निर्वाचन निर्देशिकामा अनुसार पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको दस्तुर निर्धारण गरेको हो।
अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारलाई ७ हजार, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदका उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।
उनका अनुसार केन्द्रीय सदस्यमा उम्मेदवार हुन २ हजार तिर्नुपर्नेछ। जसपा नेपालको राष्ट्रिय महाधिवेशन जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ।जसपाले यसअघि नै महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदन पारित गरिसकेको छ। हालै अशोक राईले ७ सांसद लिएर पार्टी विभाजन गरेर हिँडेपनि उपेन्द्र यादवले तोकिएकै समयमा महाधिवेशन गर्न लागेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ जेठ २०८१, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश
नेकपा नेता उमेश यादव जसपा नेपालमा प्रवेश
प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन
जसपा नेपाल र लोसपाबीच एकता गर्ने निर्णय
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि