काठमाडौँ । कोलोम्बो प्लानको कन्सल्टेटिम कमिटीको ४८ औँ बैठक मंगोलियाको उलानबाटोरमा सम्पन्न भएको छ । बैठकमा नेपालका तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वको प्रतिनिधिमण्डल सहभागी थियो ।
त्यसक्रममा उपाधयक्ष डा. श्रेष्ठले नेपाली भाषा, संस्कृति प्रथा बौद्ध दर्शन विषयमा अध्ययनको लागि समेत नेपाल सरकारका तर्र्फबाट छात्रवृति उपतब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । हालसम्म नेपाल सरकारले एकजना विदेशी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयमा अन्तरगत अन्तरर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विषयमा अध्ययन गर्न छात्रवृत्ति उपलव्ध गराउँदै आएको थियो ।
बैठकमा उपाध्यक्ष डा.श्रेष्ठले दक्षिण एशिया तथा दक्षिण पश्चिम एसिया उपक्षेत्रको समूह बैठकको अध्यक्षता गरेका थिए । बैठकले कोलोम्बो प्लानको वार्षिक प्रतिवेदन स्वीकृत गर्नुका साथै कोलोम्बो प्लान अन्तर्गत सञ्चालित कार्यक्रमहरूको समीक्षा गर्दै आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमहरू बारेमा छलफल गरेको थियो ।
पछिल्लो समयमा मुख्य गरी क्षमता अभिवृद्धि तथा प्राविधिक सहयोगमा केन्द्रित रहेको प्लानहले लागूपदार्थ विरुद्धको अभियान तथा महिला सशक्तिकरणको क्षेत्रमा समेत विशेष कार्यक्रम सञ्चालन गरि आएको छ । सन् १९५१ मा स्थापना भएको कोलोम्बो प्लानमा नेपाल सदस्य लगायत २८ राष्ट्रहरु रहेको छन् भने सो संस्थाको सचिवालय श्रीलंकाको कोलम्बोमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ जेठ २०८१, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ताहरूलाई आग्रह
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
अहिलेसम्मको भूमिकाबाट मुक्त हुन्छु : प्रस्तावित न्याय परिषद् सदस्य नेपाल
नेपालले अष्ट्रेलियामा टी-२० सिरिज खेल्ने
रोयल्टी बाँडफाँटबारे द्विपक्षीय नेपाल र भारतका संगीतकर्मीबीच सम्झौता
टी-२० त्रिकोणात्मक सिरिज: दोस्रो खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै