क्यान्सर अस्पतालको वर्तमान अवस्था र चुनौतीहरु

बुधबार, १० असोज २०७५, १६ : ५७
क्यान्सर अस्पतालको वर्तमान अवस्था र चुनौतीहरु

– डा. विजयचन्द्र आचार्य
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल आजबाट १८ औं बर्ष पूरा गरी १९ औंं वर्षमा प्रवेश गरेको छ । विगत १९ वर्षमा अस्पतालले थुप्रै आरोह अवरोह पार गर्दै अस्पतालको सेवा नियमित गरेको छ । अस्पतालका सेवा चुस्त दुरुस्त गर्ने काम भएको छ । मानव संशाधनमा लोक सेवा आयोग मार्फत चौथो तह देखि १२ औं तहसम्मका २३५ पदमा बढुवा, आन्तरिक र खुल्ला प्रतियोगिताद्वारा पदपुर्ति गरिसकिएको छ । अस्पताललाई आजको यस अवस्थामा ल्याउन प्रत्यक्ष सहयोग गर्नुहुने भरतपुर महानगरपालिका मेयर रेनु दाहाल, अस्पताल संचालक समितिका निवर्तमान अध्यक्ष डा. प्रकाशराज न्यौपानेलाई विशेष धन्यवाद छ ।
सन् १९९२ मार्च १८ तारिख (वि.स. २०४८ साल चैत) मा तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण गर्दा तत्कालीन चिनियां प्रधानमन्त्री लि फेङ्गबीच द्विपक्षीय सहयोग बिस्तार गर्न नेपालमा क्यान्सर अस्पताल स्थापना गर्ने समझदारी भएको थियो । उक्त मितिदेखि हालसम्म यो अस्पताल मित्रराष्ट्र जनवादी गणतन्त्र चीन सरकार र नेपाल सरकारबीचको असल छिमेकी सम्बन्धको एक उदाहरणका रुपमा रहेको छ ।
क्यान्सर सम्बन्धी उच्चस्तरीय अध्ययन अनुसन्धान र क्यान्सर रोगीहरुको परीक्षण निदान र उपचार एवं रोगको रोकथाम र नियन्त्रण समेत गरी क्यान्सर रोगीहरुलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउने र यस क्षेत्रमा आवश्यक जनशक्ति विकास लगायतका कार्यहरु गरी स्वनिर्भरता प्राप्त गर्न स्वायत्त राष्ट्रिय प्रेषण अस्पतालको रुपमा विकास गर्न वी. पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ द्धारा यस अस्पतालको स्थापना भएको थियो ।

अस्पतालको स्थापना कालदेखि नै आफ्नै राष्ट्र र छिमेकी मित्रराष्ट्रबाट आएका क्यान्सर रोगीहरुको उपचारमा संलग्न भई सेवा पु¥याइरहेको छ । विगतदेखि  अस्पतालले पुरानो भवनबाट पोष्ट अप सहित १२५ शैयाको अन्तरंग सेवा, ३४ शैया डे–केयर सेवा, १५ शैया हस्पीस सेवा, १० शैया अब्जरभेसन र १० ब्लड ट्रान्सफ्युजन सेवा गरी १९४ शैया संचालन गर्दै आइरहेकोमाहाल भरर्खरै मात्र देखि २५० शैया थप भई ४५० भन्दा बढी शैयाबाट सेवा प्रदान गर्ने अवस्थामा अस्पताल पुगेकोे छ ।

यस अस्पतालको प्रमुख उद्देश्यमा रोग निदान तथा उपचार गर्नुका साथै क्यान्सर रोगको रोकथाम तथा नियन्त्रण गर्ने कार्य देशव्यापी रुपमा संचालन गर्न ३४ वटा जिल्लामा क्यान्सर रोकथाम तथा नियन्त्रणको जिल्ला समन्वय समिति गठन गर्ने कार्यहरु भइसकेको छ । क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि ५४ वटा जिल्लाका प्राथमिक सेवामा कार्यरत ५ हजार २ सय जना स्वास्थ्यकर्मीलाई तालिम उपलव्ध गराइएको छ । ३७ वटा जिल्लाका माध्यमिक विद्यालयका स्वास्थ्य विषय अध्यापन गर्ने १५०० जना शिक्षकलाई क्यान्सर रोकथाम र सूर्तिजन्य पदार्थको नियन्त्रण बारेमा तालिम प्रदान गरिएको छ । क्यान्सर स्क्रिनिङ कार्यक्रम अन्र्तगत महीलाको पाठेघरको मुखको क्यान्सर पत्तालगाउने भीआइए परीक्षण र स्तन परीक्षण कार्य ५ हजार जनाको सम्पन्न गरिएको छ ।

क्यान्सर रोगको उपचार प्रकृया लामो हुने, उपचार महंगो हुने जसका कारण सर्वसाधारणले खर्च गर्न निकै कठिनाई परिरहेको छ, तापनि अस्पतालले आ.व.२०७४।७५ मा ब्लड क्यान्सरमा प्रयोग हुन ग्लीभेक औषधि म्याक्स फाउण्डेशनको सहयोगमा को मुल्य रु ९३ करोड १३ लाख ९२ हजार र मृगौला क्यान्सरमा प्रयोग हुने sutendऔषधिको मुल्य रु. ७४ लाख ४७ हजार ६ सय ५२ रुपैया, Disatinib औषधि, पिसाब थैलीको बिरामीलाई कृत्रिम दिशाघर र पिसाब थैली तथा नेपाल सरकारबाट सोधभर्ना लिई स्वास्थ्य मन्त्रालयबाट शल्यचिकित्साको लागि लाग्ने खर्च रु. २२ लाख ९८ हजारको सुविधा निःशुल्क गरिएको छ । १५ बर्ष उमेरमुनिका १० हजार ३ सय ३० बालबालिकालाई अस्पतालको सबै सेवा निःशुल्क गरिएको छ, जसको मुल्य रु. १ करोड ३२ लाख ३५ हजार ७ सय रुपैयाँ पर्न आउँछ ।
जेष्ठ नागरिक ११३ जनालाई सुविधा दिइएको छ, जसको मुल्य रु. ५ लाख ५८ हजार ६ सय र अस्पतालमा भर्ना भएको सबै बिरामीलाई खाना र ट्युव फीडिङ्ग डाइट वापत रु. ५२ लाख ३ हजार रुपैया बराबर निःशुल्क गरिएको छ । अस्पतालको आम्दानीबाट क्यान्सर सेवा समाज मार्फत ३१ लाख ७९ हजार ५ सय ५३ रुपैयाँ बराबरको सुविधा निःशुल्क उपलब्ध गराइएको छ ।

नेपाल राज्यका जम्मा क्यान्सर बिरामीमध्ये ६० प्रतिशत बिरामीले यसै अस्पतालबाट सेवा पाएका छन् । २० प्रतिशत बिरामी नेपालका अन्य विभिन्न अस्पतालमा उपचार पाएका छन् । २० प्रतिशत बिरामी छिमेकी राष्ट्रसहित अन्य मुलुकमा उपचारमा जाने गर्दछन् । हामीलाई लागेको छ, शैया बिस्तारपछि हामीले यो राष्ट्रिय आवश्यकतालाई धेरै हदसम्म पूरा गर्न सक्नेछौँ । हाल अस्पतालमा नयाँ क्यान्सर बिरामी ५ हजारको संख्यामा पहिचान भएको छ । देशभरबाट १२ वटा ठुला अस्पतालबाट लिइएको तथ्यांक अनुसार देशमा प्रत्येक बर्ष १० हजार जना क्यान्सर रोगी पत्ता लाग्ने गरेको छ । यसमध्ये यस क्यान्सर अस्पतालमा मात्र ६ हजार जनाले उपचार सुविधा लिएको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष २०७४÷०७५ मा यस अस्पतालको आय तर्फ नेपाल सरकार स्वास्थ्य करकोषबाट अनुदान रु.२७ करोड ५० लाख प्राप्त भएको थियो । आन्तरिक श्रोतअन्तर्गत प्याथोलोजीबाट ७ करोड ९१ लाख ८४ हजार ७ सय ६० रुपैया, रेडियोडायग्नोसिस तथा इमेजिङ्ग एण्ड न्युक्लियर मेडिसिन विभागबाट ५ करोड १ लाख ४३ हजार १सय, रेडिएशन अंकोलोजी विभागबाट ७६ लाख १० हजार ७ सय ८५ रुपैया लगायत अन्य सर्जरी, ओ.पी.डि., डे केयर, इन्डोस्कोपी, बेड चार्ज लगायतका सेवा समेत गरी कुल रु.१६ करोड २३ लाख ३ हजार ३ सय राजश्व संकलन भएको छ ।

बैंकमा रहेको मौज्दात रकमबाट व्याज आम्दानी २४ लाख ६१ हजार ८ सय १९ रुपैया भएको छ । विविध आम्दानी अन्तर्गत घरभाडा, साझा स्वास्थ्य सेवा, शैक्षिक शुल्क लगायतबाट कुल २ करोड ३६ लाख ५० हजार ८ सय ८९ रुपैया २३ पैसा, नेपाल सरकारबाट पुँजीगत एवं रोकथाम कार्यक्रमका लागि प्राप्त अनुदान रकम ३० करोड ५५ लाख रहेको छ । गत आ. व.मा २०७४।७५ मा १८ करोड ८४ लाख १६ हजार ३३ रुपैया देखिन आउँछ ।

व्ययतर्फ  कर्मचारी तलव वापत २६ करोड ७५ लाख ७९ हजार ५ सय ३५ रुपैया ५० पैसा र भत्ता वापत १ करोड ६४ लाख ५० हजार ५ सय ८४ रुपैया १० पैसा, बिरामीको खाद्यान्न तथा आहारतर्फ ९५ लाख ३९ हजार २ सय ५४ रुपैया, कार्यालय सञ्चालन खर्च ९५ लाख ७ हजार ५ सय २७ रुपैया, मर्मत संहार तर्फ ३ करोड ५४ लाख ७९ हजार ३ रुपैया ४६ पैसा, परामर्श ६ करोड ७८ लाख ३३ हजार २ सय १०

रुपैया ९६ पैसा, रिएजेण्ट केमिकल लगायतका उत्पादन सेवा सामाग्री खर्च ८ करोड ३६ लाख १९ हजार ६५ रुपैया, मेसिन औजार उपकरण तर्फ १५ करोड ६७ लाख ५ हजार ६२ रुपैया ६३ पैसा, भवन निर्माण तर्फ १५ करोड ९३ लाख ८ सय ६८ रुपैया र अन्य सवारी इन्धन, औषधि खरिद, भै परिआउने खर्च लगायतका सहीत पूजिगत खर्च तर्फ ६७ करोड ९ लाख ५ सय ५० र चालु खर्च तर्फ ३२ करोड ३२ लाख ५१ ह्जार ७ सय ४५ गरी जम्मा ९९ करोड ४२ लाख ३१ हजार २ सय ९६ रुपैया ४९ पैसा देखिन आउछ ।

अस्पतालले भविष्यमा सञ्चालन गर्न लागेका सुधार तथा बिस्तारका कार्यक्रम गर्दैछ । रेडियोथेरापी विभागको सेवालाई स्तरोन्नति गर्ने सन्दर्भमा थप एक Linear Accelerator / CT Base Helical (Spral) Linear Accelerator तथा रोवर्टीक साइवर नाइफ एवं पेट सिटी स्क्यानसहितका उपकरणहरु आगामी बर्षको प्रमुख प्रयास हुनेछ । बार्षिक कार्यतालिकामा यी कार्यक्रम समावेश हुनेछन् । चालु आ.व.देखि नै अस्पतालमा ईएमआर प्रणाली लागु गरिने छ ।

चितवनमा जिल्लामा समस्याका रुपमा रहेको अस्पतालजन्य फोहोरको व्यवस्थापन गर्न एक जटिल कार्य भएकाले यसै आ.व.मा अस्पतालको फोहोर व्यवस्थापन गर्न भरतपुर महानगरपालिकासंगको सहकार्यमा माइक्रोवेभ प्रविधि जडान गरी अत्याधुनिक प्रविधिको व्यवस्था मिलाइनेछ । अक्सिजन प्लान्टको स्थापना गर्ने कार्यक्रम समेत रहेको छ । रक्त क्यान्सरका बिरामीहरुको संख्या बढेकाले Bone Marrow Transplant सेवाको सुरुवात गर्ने लक्ष्य लिइएको छ । नेपाल सरकारको नीति अनुसार अस्पतालले आफ्नै फार्मेसी यसै आ.व. मा सञ्चालन गर्नेछ ।

निर्माणाधीन भवन उद्घाटन समेत भएको त्यस भवनमा रहेको ८ वटा मोडुलर ओटी निर्माण सम्पन्न गरी यसै आ.व.बाट कार्य प्रारम्भ गर्नेछौँ । क्यान्सर रोकथाम    कार्यक्रम प्रभावकारी    रुपमा    अगाडि बढाउने र ७७ वटै जिल्लामा Networking गरिने छ ।

पोखरा विश्वविद्यालयसंग संयुक्त रुपमा Oncology Nursing मा यसै शैक्षिक सत्रमा Bachelor Degree को कार्यक्रम सञ्चालन गरी अध्यापन प्रारम्भ गर्ने लक्ष्य लिइएको छ । B.P. Koirala Memorial National Cancer Institute का रुपमा Deem Cancer University को अवधारणा अनुरुप अघि बढाउने निरन्तर प्रयास गरिने छ । यसबाहेक विस्तारित अस्पताल सेवा (ईएचएस) सञ्चालन गरिने छ । स्वदेश तथा विदेशका Cancer Institute हरुसंग Collaboration गरी अध्ययन अनुसन्धान तथा ःबलउयधभच त्चबष्लष्लन लगायतका कार्यलाई निरन्तरता दिइने छ ।

अस्पतालका चुनौतीहरु
बजेटको अभाव, मेशिन औजार उपकरणहरु पुरानो हुनु र नयां मेशिन तथा उपकरणहरु थप गर्न आर्थिक अभाव हुनु, दक्ष जनशक्तिको पलायन, बिरामीहरुको कमजोर आर्थिक अवस्था जस्ता विषय नै अस्पताललाई सधै रहने चुनौती हुन् । अस्पतालको सेवा बढ्दै जाने अवस्था एकातर्फ छ भने अर्कोतर्फ अस्पाताल सञ्चालनको लागि प्राप्त अनुदान रकममा समय सापेक्ष वृद्धि हुनु पर्नेमा त्यसो नभई स्वास्थ्य कर कोषबाट उपलब्ध रकम बर्षेनी घट्दो रुपमा रहेको छ । आर्थिक बर्ष २०६८÷६९ मा क्यान्सर अस्पताललाई स्वास्थ्य कर कोषबाट प्राप्त रकम रु. ३३ करोड ४६ लाख, आर्थिक बर्ष २०६९÷७० मा २९ करोड ४३ लाख, आर्थिक बर्ष २०७०÷७१ मा २४ करोड ५० लाख,२०७१÷७२ मा २५ करोड ५० लाख मात्र रकम उपलब्ध भएको थियो ।
गत बर्ष २७ करोड ५० लाख रकम प्राप्त भएबाट आर्थिक बर्ष २०६८÷६९ को तुलनामा गत बर्ष ६ करोड कम रकम प्राप्त भएको छ । वर्तमान अवस्थामा अस्पतालले एकातर्फ सर्वसुलभ उपचार दिनु पर्ने दायित्व छ भने अर्कोतिर अस्पताल शुल्क वृद्धि गर्दा विपन्न तथा गरीब जनसमुदायमा आर्थिक भार पर्ने हुँदा सरकारबाट नै अनुदान रकममा केही वृद्धि गर्न पर्ने देखिन्छ । अस्पतालको आय बढाउनको लागि बैकल्पिक उपायहरु खोजी गर्नुको साथै स्वास्थ्य कर कोषको रकम बृद्धि गरी रेड बुकमा समेत बजेट व्यवस्था गर्न आवश्यक छ ।
क्यान्सर रोगको नियन्त्रणमा सिमित संस्था वा व्यक्तिको भूमिका मात्रै पर्याप्त हुंदैन । यसको लागि समाजको हरेक वर्ग परिचालित भई काम गर्न जरुरी हुन्छ । क्यान्सर नियन्त्रणमा सञ्चार जगतको ठूलो भूमिका हुने हुनाले जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन तथा अन्य कार्यमा सहयोग गरी क्यान्सर नियन्त्रणको कार्यमा सहभागिताको लागि सम्बन्धित सरोकावालाहरुसंग हार्दिक अनुरोध गर्दछु ।
(लेखक चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक हुन् ।)

 

प्रतिक्रिया दिनुहोस