खेल पूर्वाधारतर्फ १ अर्ब ३० करोड बजेट विनियोजन

सफल खबर संवाददाता

मंगलबार, १५ जेठ २०८१, १६ : ३५
खेल पूर्वाधारतर्फ १ अर्ब ३० करोड बजेट विनियोजन

काठमाडौं। सरकारले खेल पूर्वाधारतर्फ १ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।

साथै, उनले युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस