कपिलवस्तु। कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रङपुरमा ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रमा कार्यरत ज्यालादारी कर्मचारी यशोधरा–२ गणेशपुरका ३२ वर्षीय हरिसचन्द्र मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सोमबार हावाहुरीसँगै आएको पानीले गर्दा रङ्पुरमा रहेको ट्रान्सफर्मर बिग्रिँदा विद्युत् अवरुद्ध बनेको थियो । सोही ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर मिश्रको मृत्यु भएको विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु