सल्यान । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका–६ का २६ वर्षीय सुकलाल घर्ती छन् ।
आइतबार बेलुका कपुरकोट गाउँपालिका–३ अरिङ्गाले फेदी भन्ने स्थानको राप्ती राजमार्गमा श्रीनगरतर्फ जाँदै गरेको रा १ ख १९१६ नम्बरको मालसामान बोकेको मिनीट्रक अनियन्त्रित भई दुर्घटना भएको थियो ।
ट्रक सडकदेखि ३ मिटर तल खसेको सल्यान प्रहरीले जनाएको छ ।
यस्तै ट्रकका सहचालक बनगाड कुपिन्डे नगरपालिका–९ का २१ वर्षीय तेज बहादुर बुढाथोकी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ जेठ २०८१, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते