सल्यान । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका–६ का २६ वर्षीय सुकलाल घर्ती छन् ।
आइतबार बेलुका कपुरकोट गाउँपालिका–३ अरिङ्गाले फेदी भन्ने स्थानको राप्ती राजमार्गमा श्रीनगरतर्फ जाँदै गरेको रा १ ख १९१६ नम्बरको मालसामान बोकेको मिनीट्रक अनियन्त्रित भई दुर्घटना भएको थियो ।
ट्रक सडकदेखि ३ मिटर तल खसेको सल्यान प्रहरीले जनाएको छ ।
यस्तै ट्रकका सहचालक बनगाड कुपिन्डे नगरपालिका–९ का २१ वर्षीय तेज बहादुर बुढाथोकी घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ जेठ २०८१, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत