काठमाडौँ । प्रमुखदलका शिर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकले सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बारे छलफल गर्ने छ ।
कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा विवाद रहेको छ । सत्ता पक्ष नाम उल्लेख नगर्ने पक्षमा छन् भने कांग्रेसले नाम उल्लेख गरेरै छानबिन गर्नुपर्ने अडान लिदै आएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री जीवन परियार सहभागी छन् भने एमालेबाट कानुनमन्त्री पदम गिरी, कार्यदल सदस्य महेश बर्तौला सहभागी छन् ।
त्यस्तै माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् भने रास्वपाबाट सभापति तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ जेठ २०८१, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउन ७ गते संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल
सेवा प्रवाहमा अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीले गरे हुलाकी राजमार्गमा निर्मित रतुवा पुलको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीद्वारा भूमिहीन दलित सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण