पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको मुद्दाको टुङ्गो आज लाग्ने छ । दुवै पक्षबाट बहस सकिएको छ भने आज जवाफी बहस हुने छ । जवाफी बहस सकिएपछि आजै आदेश आउने बताइएको छ ।
निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकारीले प्राप्त गरेको विश्वासको मतमा बहुमत नपुगेको भन्दै सर्वोच्चमा रिट दिएका थिए । अधिकारीको पक्षमा ३० मत मात्रै परेको थियो । गण्डकीमा ६० जना सांसद छन् । संविधानअनुसार विश्वासको मतका लागि कम्तीमा ३१ सिट हुनुपर्छ ।
अधिकारीले पाएको मत संविधान अनुसार पर्याप्त नभएको भन्दै उक्त सरकारलाई हटाएर आफूलाई मुख्यमन्त्री बनाउन पाण्डेले दाबी गरेका छन् । मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ जेठ २०८१, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोपमा सातजनाविरुद्ध मुद्दा दायर
रवि र छविको मुद्दामा उच्च अदालतले गर्यो जिल्लाको मिसिल झिकाउने आदेश
रवि र छविको मुद्दाको सुनुवाइ स्थगित
गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा
सर्वोच्चको तीन इजलासमा भ्रष्टाचारसम्बन्धी ९९ थान मुद्दा पेसीमा
सकियो माधव नेपालको मुद्दामा थुनछेक बहस