चितवन । किसानले लगाएको केराका बोट काटेको आरोपमा ४ जना बालकलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
खैरहनी नगरपालिका वडा नम्बर ३ स्थित करिब पाँच कठ्ठा जग्गामा लगाइएका ३१५ बोट केरा यही जेठ १ गते राति ११ बजेतिर काटिएको अवस्थामा फेला परेका थिए । केराका बोट काटिदिएको आरेपमा १२, १३ र १४ वर्षका बालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको परिचय प्रहरीले गोप्य राखेको छ । उनीहरुको नाम परिवर्तन गरेर प्रहरीले मगनीचोक (१३ वर्ष), होलिल्याण्ड (१४ वर्ष) चौबिसकोठी (१२ वर्ष) र धुसरी (१४ वर्ष) राखेको छ ।
प्रहरीले उनीहरुलाई जेठ १० गते पक्राउ गरेको हो । अहिले चितवन जिल्ला अदालतबाट अपराधिक उपद्रव मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ जेठ २०८१, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ