काठमाडौँ । दुबईबाट आएकी कंगोकी एकजना महिलालाई प्रहरीले १ केजी १०१ ग्राम कोकिन सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा कङ्गो घर भएकी ४९ वर्षीय अपुला इकुसु म्बोङ्गो छिन् ।
उनको साथबाट बरामद कोकिनको मूल्य ३ करोड ८५ लाख हुने लागुऔषध नियन्त्रण ब्युरोका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।
जेठ ४ मा दुबईबाट काठमाडौँ ओर्लिएपछि ब्युरोको टोलीले उनलाई पिछा गरेको थियो । ठमेलस्थित एक होटलबाट पक्राउ गरेर उनको साथबाट ५८ पोका कोकिन बरामद गरिएको एसपी कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ