उत्तर प्रदेश । उत्तर प्रदेशको शाहजहांपुरको ढाबामा पार्किङ गरी राखिएको बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा थप १० जना घाइते समेत भएका छन् ।
प्रहरीका अनुसार गिट्टीले भरिएको ट्रक ढाबामा रोकिएको बसमा ठोक्किन पुगेको थियो । शाह जहानपुरका एसएसपी अशोक कुमार मीनाका अनुसार बसमा ट्रक ठोक्किँदा बसमा सवार धेरैजना फसेका थिए ।
एसएसपीका अनुसार बसमा श्रद्धालुहरू सीतापुरबाट पूर्णागिरि जाँदै थिए। कोही ढाबामा खाना खाइरहेका थिए भने कोही बसमा नै बसिरहेका थिए । त्यति नै बेला गिट्टीले भरिएको ट्रक अनियन्त्रित भएर बसमा ठोक्किएको थियो ।घाइते सबैलाई अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनामा मृत्यु हुने सबै सितापुरको बडा जेठा गाउँका बासिन्दा हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते, सबैलाई थप उपचारका लागि भैरहवा रिफर
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
सार्वजनिक बसमा पनि ‘लगेज ट्याग’ प्रलाणी लागू
मकवानपुरमा बिजुलीको पोलमा ठोकियो यात्रु बस, २२ जना घाइते
चितवनमा बस पल्टिँदा ३८ जना घाइते
त्रिशूली किनारामा पुरिएको बस निकाल्ने प्रयास सकस