काठमाडौँ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदमा सत्तापक्ष र प्रतिपक्षबीच देखिएको टकराव दुखद् भएको बताएका छन् ।
संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री ‘प्रचण्ड’को ध्यानाकर्षण गराउँदै उनले भने, ‘अस्वस्थ्य आरोप-प्रत्यारोप भइरहेको छ । कतै प्रत्यक्ष टकराव नै हुने त होइन भन्ने आशंका देखिएको छ । नीति कार्यक्रम र वार्षिक बजेटमार्फत जनताका समस्या समाधान गर्ने दिशामा बहस केन्द्रित हुनु पर्ने बेलामा यसखाले टकरावको अवस्था देखा पर्नु निसन्देह दुःखद् छ ।’
यस्तो अवस्थामा सत्तापक्ष नै लचक भएर प्रतिपक्षलाई छलफल र सार्थक संवादको माध्यमबाट विश्वासमा लिएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीमा बामदेव वरिष्ठ नेता
एकीकृत समाजवादीको केन्द्रीय कार्य समिति बैठक २० दिनपछि सर्यो
एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक
वामदेव गौतम नेतृत्वको पार्टी र एकीकृत समाजवादीबीच एकता घोषणा
एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबिच आज एकीकरण हुँदै
एकीकृत समाजवादीको सचिवालय बैठक जारी