हेटौंडा । मकवानपुरमा सवारी दुर्घटनामा परेर घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ।
मनहरी गाउँपालिका ६ नयाँ बजारस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट घाइते भएका हेटौडा – ८ कमानेका ४५ वर्षीय दिनेश कार्कीको गएराति मृत्यु भएको हो।
हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ७७२१ नम्बरको ट्रकले चितवनबाट हेटौँडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००४ प ६९७३ नम्बरको बुलेट मोटरसाइकलाई ठक्कर दिँदा कार्की गम्भीर घाइते भएका थिए।
उपचारका क्रममा चितवनमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
ट्रकको ठक्करबाट टाउको र शरीरका बिभिन्न भागमा चोट लागेका कार्कीको नयाँ मेडिकल कलेज चितवनमा गएराति मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृत्यु
जेन जेड प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
जेन जेडको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु