जनकपुरधाम । धनुषाको जनकपुरधाममा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाका बस्ने जयनारायण महतोको छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानको छोरा ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको हो ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार शनिबार बिहान १० बजेतिर घर नजिकैको साहुजी पोखरीमा नुहाउने क्रममा दुवै जना बालक डुबिरहेको देखेपछि स्थानीयले सिकिस्त अवस्थामा उद्धार गरेका थिए ।
उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएमा शनिबार चिकित्सकले मृत घोषणा गरेको डिएसपी अवाले बताए ।
दुवै बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु