काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज पनि बसिरहेको छ। हिजोबाट सुरु भएको भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए।
त्यसबाहेक महामन्त्री, सचिवालय प्रमुख राजेन्द्र गुरुङले सचिवालय सम्बन्धि र महामन्त्री डा. धवल शमसेर राणाको संगठन सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गरेका थिए।
बैठकमा विभिन्न प्रदेश कार्यसमितिका अध्यक्षहरुले आफ्नो प्रदेशको प्रतिवेदन प्रस्तुत गरेका थिए त्यसमा अहिले छलफल चलिरहेको छ। बैठकमा भुगोल केन्द्रित जिम्मेवारी प्राप्त केन्द्रीय कार्यसमितिका सदस्यहरुले कार्य प्रगतिबारे संक्षेपमा जानकारी दिने र प्रस्तुत प्रतिवेदनहरुमाथि आफ्नो धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता श्रेष्ठले बताए।
बैठकमा पेश भएका प्रस्तावहरु परिमार्जनसहित भोलि टुंग्याउने राप्रपाको तयारी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ जेठ २०८१, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा नेपालको निम्तो मान्न पुगे लिङ्देन
एमालेको कार्यक्रममा राष्ट्रिय झण्डा आधा झुकाइएको भन्दै राप्रपाले जनायो आपत्ति
६ बुँदे मागसहित काठमाडौँ प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघर-नयाँ बानेश्वर सडकमा राप्रपाको प्रदर्शन (तस्वीरहरू)
राप्रपा आन्दोलनको रणनीति फेरियो, अब बानेश्वरमा मात्र केन्द्रित
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै