सिद्धबाबा सुरुङ : आइतबारदेखि सवारी आवागमन रोकेर विस्फोट गराइने

सफल खबर संवाददाता

शुक्रबार, ११ जेठ २०८१, १६ : ०४
सिद्धबाबा सुरुङ : आइतबारदेखि सवारी आवागमन रोकेर विस्फोट गराइने

बुटवल। बुटवल-पाल्पा सडक खण्डमा निर्माण थालिएको सिद्धबाबा सुरुङ मार्गमा जेठ १३ गते आइतबारदेखि विस्फोट गराउने काम शुरू गरिने भएको छ ।सिद्धबाबा सुरूङ मार्ग योजनाका अनुसार सुरक्षा समिति पाल्पाको निर्णयअनुसार विस्फोट गराएर काम अघि बढाइन लागेको हो ।

त्यसका लागि शुक्रबार विस्फोटको पूर्वअभ्यास गरिएको छ ।आयोजनाका इन्जिनियर सविता ज्ञवालीले आइतबारदेखि मेसिनले मात्र काम गर्न सम्भव नभएपछि विस्फोट गराएका काम गर्न लागिएको बताइन् ।

‘नेपाली सेना, नेपाल प्रहरी र ट्राफिक प्रहरीको उपस्थितिमा हामी काम गर्छौं’, ज्ञवालीले लोकान्तरसँग भनिन्, ‘आवश्यकताअनुसार हरेक दिन जसो विस्फोट पनि गराउन पर्ने हुन्छ । अहिले काम तीव्ररूपमा अघि बढेको छ ।’विस्फोट गर्ने समयमा सीमित अवधिका लागि सवारी आवागमन पनि रोकिने छ । यो सुरुङ मार्ग चाइना स्टेट इन्जिनियरिङले बनाइरहेको छ ।

 

आयोजनाले हालसम्म भौतिक प्रगति ११.४१ प्रतिशत र वित्तीय प्रगति १७.५ प्रतिशत भएको छ ।अहिले मुख्य टनेलको ८५.७ मिटर खनिएको छ ।सुरूङ कुल १ हजार १२६ मिटर लामो हुने छ । बाह्रै महिना पहिरो झर्ने यो ठाउँलाई सुरक्षित बनाउने टर्नेल बनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस