काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाका १२ हजार बालबालिकालाई पोलियो विरुद्ध आईपीभी खोप लगाइने भएको छ ।
तारकेश्वर नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार नगरपालिकाभित्रका ११ वटै वडाका ५५ केन्द्रमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।
खोपका लागि आवश्यक जनशक्ति, उनीहरूलाई तालिम तथा अभिमुखीकरण, स्वयंसेवकका परिचालनलगायत सम्पूर्ण तयारी पूरा भएको छ ।
कोरोना महामारीका कारण २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई यो खोप लगाउन नसकिएकाले तिनै बालबालिकालाई लक्ष्य गरी खोप कार्यक्रम सञ्चालन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ जेठ २०८१, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीकोटको सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा
चितवनमा चैत २५ गतेदेखि ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप