ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १० जेठ २०८१, ११ : ०९
ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । ललितपुरको ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गए राति टिपरले ठक्कर दिँदा प्रदेश–२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकल चालक जयनाथ यादवको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले  बताए ।

३२ वर्षीय यादव सिराहा बरियापट्टि गाउँपालिका–४ घर भएर कोटेश्वरमा बस्दै आएका थिए । गए राति करिब ९ बजेर ४० मिनेटमा ग्वार्को चोक स्थित सडक खण्डमा कोटेश्वरबाट सातदोवाटोतर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उपचारको लागि बिएण्डबी अस्पताल पुर्याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । दुर्घटना गराउने बा।३ ख ६६२१ नम्बरको टिपर टिका भैरवमा फेला पारिएको एसएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस