काठमाडौं । ५ कारोबार दिनदेखि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । बुधबार बजारको परिसूचक नेप्से १५.५४ अंक बढेर २१३१ मा पुग्यो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।
अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब ६८ करोडको भयो । नेप्से बढे पनि अधिकांश १६१ कम्पनीको मूल्य घट्यो । ८१ को बढ्यो भने ५ कम्पनी स्थिर रहे ।
बैंकिङ समूह नै सबैभन्दा धेरै ४.२३ प्रतिशत बढेको छ । बैंकिङका अलवा विकास बैंक ०.३३, होटल तथा पर्यटन १.९० प्रतिशत बढे । ब्यापार ०.०३, अन्य ०.६१, निर्जीवन बीमा ०.६०, माइक्रोफाइनान्स १.१, उत्पादन ०.१५, जीवन बीमा ०.५९, हाइड्रोपावर ०.८८ र फाइनान्स समूह १.३४ प्रतिशत घटे ।
सामुदायिक लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । एनएमबी बैंकको ८.४, कृषि विकासको ७ तथा नबिल बैंकको ६.८८ प्रतिशत मूल्य बढ्यो । मानुषी लघुवित्तको ८, मध्यभोटेकोशीको ६.६, समाज लघुवित्तको ५.३, पिपुल्स पावरको ४.८, रिभरफल्स पावरको ४.७ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा नेरुडे मिर्मिरे लघुवित्त, पोखरा फाइनान्स, सीईडीबी हाइड्रोपावर, फस्र्ट माइक्रोफाइनान्स र नबिल बैंक क्रमशः अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ जेठ २०८१, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचकमा ३२ अङ्कको वृद्धि
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
नेप्सेमा ८५ अंकको 'स्विङ', कारोबार रकम १६ अर्ब २० करोड
नेप्से सूचक ७५.३३ अंकले बढ्यो, १४ अर्बमाथिको कारोबार
सेयर बजार २४८८ मा रोकियो
२८ महिनायताकै उच्च बिन्दुमा शेयर बजार, साढे १५ अर्ब बढीको कारोबार