काठमाडौँ । काठमाडौँको थलीमा मृत भेटिएका कृष्ण नगरकोटीका एक छोरा पनि घाइते अवस्थामा फेला परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले ललितपुरको चाल्नाखेलबाट २१ वर्षीय रिचेनलाई घाइते अवस्थामा फेला पारिएको जानकारी दिए ।
यस्तै २९ वर्षीया छोरीलाई पनि प्रहरीले राजधानीको सेतो पुलमा फेला परेको छ । उनसँग प्रहरीले सोधपुछ गरिरहेको छ ।प्रहरीका अनुसार मृतक नगरकोटी सेतोपुलमा ट्याक्सी बिग्रिएपछि बनाउने मिस्त्री खोज्न भनेर सोमबार दिउँसो हिँडेका थिए ।
तर, उनी एकाएक गएराति थलीमा मृत्यु भेटिएपछि खोजतलासका क्रममा छोरा पनि घाइते अवस्थामा भेटिएका हुन् । छोरोको घाँटीमा चोट देखिएको छ भने मृतक बाबुको पनि घाँटीमै चोट देखिएको छ ।प्रहरीले घटना रहस्यमय भएको भन्दै अनुसन्धान अनुसन्धान थालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ जेठ २०८१, १४ : २७
लेखकबाट थप